PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

ने क पाको पहिलो स्थायी कमिटीको बैठक आज बस्दै



पहिलोपोस्ट

ने क पाको पहिलो स्थायी कमिटीको बैठक आज बस्दै

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को पहिलो स्थायी कमिटीको बैठक आज बस्दै छ।

प्रधानमन्त्री एवं ने क पाका एक अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा तीन बजेका लागि बोलाइएको बैठकमा यसअघि सचिवालय बैठकबाट गठित कार्यदलका प्रतिवेदन पेस गरिने छ। त्यस्तै बैठकमा समसामयिक विषयमा छलफलका हुने ने क पाका महासचिव विष्णु पौडेलले जानकारी दिए।

उनका अनुसार बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको चीन भ्रमण, पछिल्लो राजनीतिक अवस्था, सरकारको कार्यबारे छलफल हुनेछ।

बैठकमा पछिल्लो राष्ट्रिय राजनीतिक परिस्थिति सम्बन्धमा दुवै अध्यक्षले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

राजनीतिक तथा सांगठनिक अवस्थाबारे महासचिवको प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका तथा आचारसंहिता मस्यौदा कार्यदल गठनको विषयमा समेत छलफल हुने महाचसिव पौडेलले जानकारी दिए।

त्यस्तै पौडेलको संयोजकत्वमा गठित कार्यदलले बुझाएको विधान मस्यौदा एवं नियमावली माथि छलफल गरी पारित गर्ने कार्यक्रमसमेत रहेको छ।

पार्टीले छुट्टाछुट्टै कार्यदल गठन गरेर प्रदेश कमिटी, जिल्ला कमिटी, भ्रातृ संगठनको एकतालगायतका विषयमा बैठकमा छलफल हुने बताइएको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell