PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

कस्तो रहला अर्जेन्टिनाको प्रदर्शन? चल्ला मेस्सीको जादु?



पहिलोपोस्ट

कस्तो रहला अर्जेन्टिनाको प्रदर्शन? चल्ला मेस्सीको जादु?

२०१४ विश्वकपको फाइनलमा अर्जेन्टिना १-० ले जर्मनीसँग पराजित भएको थियो। यो पटक भने उपाधी विजयी गर्ने होडमा अर्जेन्टिना रहेको छ। यसो भएको खण्डमा मेसी आफ्नो राष्ट्रलार्इ विश्व विजेता बनार्इ इतिहासमा पेले,म्याराडोना जस्ता खेलाडीको हाराहारीमा पुग्न सफल हुनेछन्। 

रसिया विश्वकप २०१८ का क्वालिफायर खेलहरुमा अर्जेन्टिनाले राम्रो प्रर्दशन गर्न सकेको थिएन। धेरैलार्इ अर्जेन्टिना विश्वकपमा पुग्छ भन्नेमै शंका थियो। १८ खेल मध्ये जम्मा ७ खेल जितेको अर्जेन्टिनालार्इ विश्वकपमा पुग्नमा लागि इक्वेडरसँग फराकिलो अन्तरले जित्नुपर्ने थियो। प्रतियोगिताकै अन्तिम दिनमा लियोनल मेसीको ह्याट्रिक गोलसँगै  इक्वेडरलार्इ ३-१ ले पराजित गर्दै अर्जेन्टिनाले आफ्नो विश्वकप यात्रा तय गर्न सफल भयो। 

आफ्नै देशमा सन् १९७८ मा आयोजना भएको विश्वकपमा अर्जेन्टिनाले नेदरल्याण्डसलार्इ ३-१ ले पराजित गर्दै पहिलो विश्वकप उपाधी जितेको थियो। मेक्सिकमा १९८६ मा आयोजना भएको विश्वकपमा पश्चिम जर्मनीलार्इ ३-२ ले पराजित गर्दै अर्जेन्टिनाले दोस्रो विश्वकप उपाधी जितेको थियो। उक्त विश्वकपमा अर्जेन्टिनाको कप्तानी डियगो म्यारोडोले गरेका थिए। 

तेस्रो पटक उपाधी जित्ने होडमा अर्जेन्टिना


फिफा र्‍याङ्किङ्को पाचौं स्थानमा रहेको अर्जेन्टिना समूह "डी"  मा रहेको छ। समग्र ग्रुपमा अरु राष्ट्रभन्दा बलियो देखिन्छ अर्जेन्टिना। फिफा र्‍याङ्किङमा क्रोएसिया १८, आइसल्याण्ड २२ र नाइजेरिया ४७ स्थानमा रहेका छन्।

आज अर्जेन्टिना र आइसल्याण्डले  ६: ४५ बजे प्रतिस्पर्धा गर्नेछन्। पहिलो पटक विश्वकपमा सहभागी भएको आइसल्याण्डले यसभन्दा अघि अर्जेन्टिनासँग प्रतिस्पर्धा गरेको छैन। तसर्थ दुवैका लागि यो भेटले अप्रत्याशित नतिजा नल्याउला भन्न सकिन्न। यस्तै, आसार ७ गते बिहीवार अर्जेन्टिनाले क्रोएसियाको सामना गर्नेछ भने अर्जेन्टिनाले आसार १२ गते मंगलवार नाइजेरियाको सामना गर्नेछ। 

विश्वकप अघि अर्जेन्टिनाले खेलेको पछिल्लो ५ मैत्रीपूर्ण खेलमा ३ खेलमा विजय हासिल गरेको छ। हाइटीसँगको पछिल्लो मैत्रीपूर्ण खेलमा अर्जेनटिना ४-० ले विजय भएको थियो। त्यसभन्दा अघि स्पेनसँगको मैत्रीपूर्ण खेलमा भने अर्जेन्टिना ६-१ ले पराजित भएको थियो। यस्तै इटलीसँगको मैत्रीपूर्ण खेलमा अर्जेन्टिना २-० ले विजय भएको थियो। नोभेम्बरमा भएको मैत्रीपूर्ण खेलमा विश्वकपको एकै समूहमा रहेको नाइजेरियासँग अर्जेन्टिना २-४ गोल अन्तरले पराजित भएको थियो। यस नतिजाबाट पनि अर्जेन्टिनाले समूह चरण पार गर्न थप मिहिनेत गर्नुपर्ने देखिन्छ। 

लियोनल मेसी अर्जेन्टिनी टोलीका स्टार खेलाडी हुन, यसपालि अर्जेन्टिनाको विश्वकप उपाधी जित्ने सपना पुरा हुन मेसीको जादु चल्नैपर्छ। सर्जियो अगुरो, पाउलो डाइबला, गोंजोलो हिगुआन र एजेल डि मारिया जस्ता खेलाडीले अर्जेन्टिनाको फर्वाडलाई बलियो बनाएको छ।
 
अर्जेन्टिनासँग स्पेनको प्रशिक्षणस्तर छैन, जर्मनीजस्तो शीर्षस्तरका खेलाडीहरु मिश्रित ढाँचा र ब्राजिलको जस्तो एतिहासिक मनोबल छैन। तर अर्जेन्टिनासँग लियोनल मेसी छन्, र उनको उपस्थितिबाट अर्जेन्टिनाले विश्वकपमा राम्रो प्रदर्शन गर्ने कुरामा विश्वास नगर्नुको कारण छैन।  

अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पोलीले भनेका छन् “ यदि लियो ठीक छ भने टिम मेरो तुलनामा भन्दा उनको अधिनमा बढी हुनेछ।” मेसी केही पनि असम्भव छैन भन्ने कुराका उदाहरण हुन्। अर्जेन्टिनाको प्रशिक्षकका रुपमा जर्ज साम्पोली रहेका छन्। ब्राजिल मा २०१४ विश्वकपकोमा साम्पोली चिलीका प्रशिक्षक थिए। उक्त विश्वकपमा चिलि नकआउट स्टेजसम्म पुगेको थियो।

लियोनल मेसी जस्ता प्रभावशाली खेलाडीको कप्तानीमा रहेको टिममा एन्जल डि मारिया, सर्जियो अगुरो, गोनजालो हिगयन जस्ता दक्ष र अनुभवी खेलाडी छन्। यस्तै प्रतिभाशाली युवा खेलाडीहरुको अर्जेन्टिनो टिममा कमी छैन। विश्वकप उपाधी जित्ने सपना पूरा गर्न मेसीका साझेदार खेलाडीहरूले एकताबद्ध भइ खेल्न आवश्यक छ। स्पेनसँगको खेलमा रोनाल्डोको हयात्रिकका कारण अबका सबै खेलहरुमा सबैको नजर मेसी माथि हुने निश्चित छ। 

अर्जेन्टिना मेसी खेल्दा पराजित  पनि हुन सक्छ तर मेसी बिना अर्जेन्टिनाले विजय हासिल गर्न धेरै नै मिहिनेत गर्नुपर्ने हुन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell