PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

'मेरी मामु'को छायाँकन सुरु



पहिलोपोस्ट

 'मेरी मामु'को छायाँकन सुरु

काठमाडौं: सन्तोष सेनको निर्माणमा बन्ने फिल्म 'मेरी मामु'मा अभिनेत्री अश्लेषा ठकुरी र शारुक ताम्राकार अनुबन्धित भएका छन्। यसअघि निर्माता सेन कै छोरा अयुव फिल्ममा फाइनल भएका थिए।

'प्रेमगीत २' मार्फत डेब्यू गरेकी अश्लेषा र शारुकको भुमिका निर्माण टिमले खुलाएको छैन। आमा छोराको कथामा बन्ने यस फिल्ममा अयुवकी आमाको भुमिकामा कुसुम गुरुङ देखिंने छिन्।

आशुसेन फिल्मसको ब्यानरको यो चौथो फिल्म बालमनोविज्ञानमा आधारित रहेर बन्नेछ। ६ बर्षिया अयुव फिल्मको मुख्य भुमिकामा देखिनेछन्।फिल्मको छायाँकन अब चाँडै हुने निर्माता सेनले जनाए।

फिल्ममा यम थापाको कथा र निर्देशन रहनेछ। असार ३ बाट फिल्मको छायाँकन सुरु भएको हो। आगामी भदौ १५ गते शुक्रबार ( अगष्ट ३१) विश्वब्यापि प्रदर्शनिको डेट तोकिएको यस चलचित्रको अन्य कलाकार तथा प्राविधिकहरुको बारेमा चाडै नै जानकारी गराउने निर्माण पक्षले जनाएको छ ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell