PahiloPost

May 15, 2026 | १ जेठ २०८३

गुण्डागर्दीमा प्रहरी अप्रेसनः ठमेलबाट २ जना पक्राउ



पहिलोपोस्ट

गुण्डागर्दीमा प्रहरी अप्रेसनः ठमेलबाट २ जना पक्राउ

काठमाडौँ : प्रहरीले ठमेल आसपासका क्षेत्रमा गुण्डागर्दी गर्ने दुई जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले  २८ वर्षीय मनोज खत्री र २८ वर्षीय कुमार श्रेष्ठलाई पक्राउ गरेको हो। उनीहरूले ठमेल, ज्याठालगायत क्षेत्रमा  सञ्चालित होटेल, रेस्टुरेन्ट लगायतका व्यवसायीहरूलाई डर त्रास देखाएर रकम असुल्दै हिँडेको परिसरका एसएसपी विश्वराज पोखरेलले बताए।

शुक्रवार पनि काभ्रे देउराली ८  घर भएका २६ वर्षीय देवकुमार थापा र धादिङ घर भएका २९ वर्षीय कमल गुरुङलाई पक्राउ गरेको थियो। 'समाजमा गुण्डागर्दी गर्दै हिँड्ने कसैलाई पनि छोड्दैनौँ,' एसएसपी पोखरेलले भने।

उनीहरूले 'राधे समूह'को नाममा ठमेल, ज्याठा क्षेत्रमा होटेल, रेस्टुरेन्ट तथा अन्य व्यवसायीहरूलाई डर त्रास देखाई रकम असुल्दै हिँड्ने गरेको प्रहरीमा उजुरी परेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell