PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

प्रधानमन्त्रीको चीन भ्रमणः एजेण्डाबारे संसद्का दुबै सदनलाई आज जानकारी दिइने



पहिलोपोस्ट

प्रधानमन्त्रीको चीन भ्रमणः एजेण्डाबारे संसद्का दुबै सदनलाई आज जानकारी दिइने

काठमाडौँः जेठ ५ गतेदेखि हुन लागेको चीन भ्रमणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले आज संघीय संसद्का दुबै सदनलाई जानकारी दिने भएका छन्। 

भ्रमणका एजेण्डा तथा प्राथमिकताका विषयमा प्रधानमन्त्रीले सदनलाई जानकारी दिन लागेका हुन्। राज्यको प्रतिनिधित्व गरेर विदेश जाँदा संसद् अधिवेशन चलिरहेको अवस्थामा भ्रमणबारे जानकारी दिने संसदीय अभ्यास रहेको छ।

संघीय संसद् सचिवालयका अनुसार प्रधानमन्त्रीले प्रतिनिधिसभा र राष्ट्रियसभाका फरक फरक बैठकमा सम्बोधन गर्नेछन्। 

प्रधानमन्त्रीले राष्ट्रियसभामा दिउँसो २ बजे सम्बोधन गर्नेछन्। यस्तै, प्रतिनिधिसभामा ४ बजे सम्बोधन गर्नेछन्। 

सरकारले प्रधानमन्त्रीको चीन भ्रमणका एजेण्डा औपचारिक रुपमा सार्वजनिक गरेको छैन। 

पढ्नुस्ः प्रम ओलीको चीन भ्रमणमा केरुङ-काठमाडौं रेलको मोडालिटी, ७ नाकासम्म पक्की सडकको प्रस्ताव

तर, अनौपचारिक रुपमा भने एजेण्डा तय भएका छन्। भ्रमणमा केरुङ काठमाडौँ रेल सञ्चालनको मोडालिटी, विभिन्न सातवटा नाकासम्म पुग्ने पक्की सडक लगायतका विषयलाई नेपालले प्राथमिकता दिने तयारी गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell