PahiloPost

May 15, 2026 | १ जेठ २०८३

नेकपाका अध्यक्ष प्रचण्ड सिङ्गापुर प्रस्थान



पहिलोपोस्ट

नेकपाका अध्यक्ष प्रचण्ड सिङ्गापुर प्रस्थान

काठमाडौँः नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल सिङ्गापुर प्रस्थान गरेका छन्। अध्यक्ष दाहाल पत्नी सीता दाहाल र छोरी गंगासहित आइतबार साँझ सिङ्गापुर प्रस्थान गरेका हुन्। 

पत्नी सीता बिरामी भएपछि स्वास्थ्य परीक्षणका लागि प्रचण्ड सिङ्गापुर प्रस्थान गरेको उनका सहयोग जोखबहादुर महराले जानकारी दिए। 
सीताको भोलि सिङ्गापुरको माउण्ट एलिजावेथ हस्पिटलमा स्वास्थ्य परीक्षण गराउने तयारी रहेको महराले बताए।

पत्नीको उपचारपछि अध्यक्ष दाहाल बिहीबार फर्कने कार्यक्रम रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell