PahiloPost

Jun 7, 2025 | २५ जेठ २०८२

मरिच तस्करीमा भन्सार एजेन्टको संलग्नताः छाला भन्दै मरिच तस्करी



राधेश्याम पटेल

मरिच तस्करीमा भन्सार एजेन्टको संलग्नताः छाला भन्दै मरिच तस्करी

वीरगंजः प्रहरीले नेपालबाट भारत अवैध किसिमले ठुलो परिमाणमा मरिच तस्करी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एक जनलाई पक्राउ गरेको छ। पर्सा प्रहरीले वीरगन्ज १४ अवास क्षेत्र पिपरा बस्ने भन्सार एजेन्ट वीरेन्द्र गुप्तालार्इ पक्राउ गरेको छ।

वीरगन्ज भन्सार एजेन्ट संघका सदस्य गुप्तालाई आइतबार साँझ ६ बजे उनकै घरबाट पक्राउ गरी काठमाडौँ पठाउने तयारी भएको जिल्ला प्रहरी कार्याल पर्साका प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए। महानगरीय अपराध महाशाखा पत्र अनुसार उनलार्इ पक्राउ गरी काठमाडौँ पठाउन लागेका छौँ,पर्साका एसपी ढकालले भने ।

 

एक साता देखि नेपाल प्रहरीले अनुसन्धानको क्रममा जिल्लामा उपस्थितको लागि जानकारी गराउँदा अंकुश ट्रेडर्सका सञ्चालक वीरेन्द्र गुप्ता मधुमेह रोगबाट बिरामी रहेको र घरमै आराम गरिरहेको भन्दै झुक्याउँदै आएका थिए ।

 

छाला भनेर मरिच तस्करी

 

गत जेठ २२ गते वीरगन्ज भन्सार क्षेत्र शंकराचार्य गेटबाट पक्राउ गरिएको मरिचसहितको भारतीय ट्रकमा गुप्ताको हात रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले त्यस बेला १२ टिन २ सय किलो कालो मरिचसहित युपी ७८ बिटी ३८०४ नं को भारतीय ट्रक र भारत बिहारका चालक धर्मेन्द्र कुमारलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।कानपुरबाट आलु लिएर वीरगन्जबाट छाला लिएर भारत जाने भनी मरिच लोड गरी पठाएको चालकले प्रहरीमा बयान दिएका थिए ।

 

यो बयानका आधारमा राजस्व अनुसन्धान विभागले वीरगन्जको दुई वटा व्यापारिक फर्ममा छापा हानेर कागजात नियनत्रणमा लिएको थियो।अनुसन्धानको क्रममा वीरेन्द्रको संलग्नता देखिएकोले उनलाई पक्राउ गरिएको प्रहरीको उच्च स्रोतले बताएको छ ।भन्सार एजेन्ट दिलीप श्रीवास्तव र मुकेश गुप्ता पनि संलग्न रहेकाले खोजविन भइरहेको प्रहरीले बतायो।

 

गुप्ताले छाला भनी १२ टिन २ सय किलो मरिच भन्सारको मुख्य नाकाबाट ग्रिन सिग्नलमार्फत ट्रकलाई पास गराएको आरोपमा छ।स्रोतका अनुसार दुर्इ साताअगाडि पर्सा प्रहरीले युपी ७८ बिटी ३८०४ को ट्रकमा लोड १२ टिन मरिच पक्राउ गरेको थियो ।पक्राउ मरिचको विषयमा छानबिन गर्न प्रहरी मुख्यालय काठमाडौँले छुट्टै समिति गठन गरेको छ । सोही अनुसार केही दिनअगाडि राजस्व अनुसन्धान विभाग काठमाडौँको टोलीले वीरगन्जका तीनजना व्यापारीको गोदाममा छापिमारी गरी गोदाम सिल गर्नुका साथै आवश्यक सबै कागजात लगेको छ ।

 

मरिच तस्करी काण्डमा एजेन्ट संघका पदाधिकारी पक्राउ परेपछि वीरगन्ज भन्सार एजेन्टमा खैलाबैला मचेको छ ।एजेन्ट संघका एक जना प्रतिनिधिले वीरगन्ज भन्सार कार्यालयका अधिकारी र बिलौचियाको सेटिङमा अवैध सामान भारत निकासी हुँदै आएको बताएका छन् ।

 

‘बिचौलियाले वीरगन्जको पार्टीसँग पैसा लिएर ट्रक पास गराउने ठेक्का लिन्छ,त्यसबाट आधी पैसा तल्लो तहका कर्मचारी देखि हाकिमलाई दिइन्छ,’एजेन्ट संघ पर्साका एक सदस्यले भने,‘कर्मचारीले जाँचपास गरेपछि माल जाने गर्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell