PahiloPost

Apr 10, 2026 | २७ चैत्र २०८२

नेपालमा भारतीय कलाकार राजन



पहिलोपोस्ट

 नेपालमा भारतीय कलाकार राजन

भारतीय कलाकार राजन कुमार फिल्म प्रचारका लागि नेपाल आएका छन्। जुलाईको अन्तिम साता प्रदर्शन हुने फिल्म 'नमस्ते बिहार'को प्रचार गर्न उनी नेपाल आएका हुन्।

स्टेज पर्फमरका रुपमा प्रख्यात उनी कमेडियन चार्ली चाप्लिनको प्रहसन गर्ने गर्छन्। 'चार्ली चाप्लिन–२'को नामले गिनिज बुक अफ वोल्ड रेकर्डमा उनको नाम लेखिएको छ।

काठमाडौंमा आयोजित कार्यक्रममा उनले फिल्म ‘नमस्ते बिहार’मा एक इमान्दार युवा कसरी अपराध र अन्डरवल्र्डको भुमरीमा नचाहँदानचाहँदै फस्छ भन्ने कथालाई समेटिएको बताए।

फिल्ममा उनीसँगै भुमिका कलिताको अभिनय रहेको छ।फिल्मलाई भारतको पटना, बिहार, जमलपुर लगायतका ठाउँमा खिचिएको छ। उनको स्वागतमा निर्माता राजकुमार महतोले नेपाली खुकुरी उपहार प्रदान गरेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell