PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

कांग्रेसका जिल्ला सभापतिको भेला आजदेखि हेटौँडामा, दुबै समूहका आ–आफ्नै तयारी



पहिलोपोस्ट

कांग्रेसका जिल्ला सभापतिको भेला आजदेखि हेटौँडामा, दुबै समूहका आ–आफ्नै तयारी

काठमाडौँःनेपाली कांग्रेसको जिल्ला सभापतिहरुको भेला आजदेखि हेटौँडामा सुरु हुँदैछ। केन्द्रीय समितिको निर्णय अनुसार जिल्ला सभापतिको भेला बोलाइएको हो। भेलामा जिल्ला सभापतिहरुले स्थानीय तहबाट समेत प्राप्त सुझावहरु पेस गर्नेछन्। 

पार्टीको जिल्ला कार्यालयमा बिहान ११ बजे भेलाको औपचारिक रुपमा उद्घाटन हुँदैछ। संघ र प्रदेशको निर्वाचनपछि पहिलोपटक जिल्ला सभापतिको भेला हुन लागेको हो। भेलामा निर्वाचनमा पराजय लगायतका समसामयिक राजनीतिक विषयको पनि समीक्षा हुनेछ। 

भेलामा कांग्रेसका केन्द्रीय सदस्य तथा ७७ वटै जिल्लाका सभापति उपस्थित हुनेछन्। पार्टी संगठन, विधान र भावी रणनीति लगायतका विषयमा भेलामा छलफल हुनेछ।

चुनावपछि चुलिएको गुटबन्दी अनुसार नै सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले प्रस्तुतिको तयारी गरेका छन्। पौडेल पक्ष विधान संशोधनसँगै महासमिति बैठकको पक्षमा छ। यस्तै, महाधिवेशन मागको पक्षमा पनि पौडेल समूह छ। देउवा पक्षले भने यसअघिको केन्द्रीय समितिदेखि नै अर्ली महाधिवेशन हुन नसक्ने अडान राख्दै आएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell