PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

चीन प्रस्थान गरेका प्रधानमन्त्रीको बिदाई, हेर्नुस् फोटोमा

चीन प्रस्थान गरेका प्रधानमन्त्रीको बिदाई, हेर्नुस् फोटोमा

प्रवीण रानाभाट/पहिलोपोस्ट


प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने औपचारिक चीन भ्रमणका लागि चीन प्रस्थान गरेका छन्। हिमालय एयरलाइन्सको विमानबाट  बिहान ९ बजे ११९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गरेर प्रधानमन्त्री ओली चीन प्रस्थान गरेका हुन्। 

प्रधानमन्त्रीको बिदाइका प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, सरकारका मन्त्रीहरू लगायत विमानस्थल पुगेका थिए। 

यस्तै नेकपाका शीर्ष नेताहरू पनि विमानस्थलमा पुगेका थिए। माधवकुमार नेपाल, सुवासचन्द्र नेम्वाङ, देव गुरुङ लगायतका नेताहरू विमानस्थलल पुगेका थिए।

प्रधानमन्त्रीको बिदाई हेर्नुस् फोटोमा

 


ट्रेन्डिङ पोस्ट

Ncell