
काठमाडौँः प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्ष माधवकुमार नेपाललाई तोकेका छन्। वरीयता पुनस्र्थापनाका लागि तत्कालीन एमालेका वरिष्ठ नेता झलनाथ खनालले माग गरिरहे पनि ओलीले नेपाललाई अध्यक्ष तोकेका हुन्।
पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समेत सिङ्गापुर रहेका कारण नेपाललाई कार्यवाहक तोकिएको हो। पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड सिङ्गापुरमा छन्। उनी बिहीबार मात्र फर्कने कार्यक्रम छ।
यस्तै, वरिष्ठताका आधारमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले पाएका छन्।
नेकपाको कार्यवाहक संसदीय दलको नेताको जिम्मेवारी सुवास नेम्वाङलाई तोकिएको छ।