PahiloPost

May 15, 2026 | १ जेठ २०८३

डा. देवकोटाको निधनबाट नेपालको चिकित्सा क्षेत्रमा अपूरणीय क्षतिः प्रचण्ड



पहिलोपोस्ट

डा. देवकोटाको निधनबाट नेपालको चिकित्सा क्षेत्रमा अपूरणीय क्षतिः प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको निधनबाट नेपालको चिकित्सा क्षेत्रमा अपूरणीय क्षति भएको बताएका छन्। 

अध्यक्ष प्रचण्डले दिवंगत डा. देवकोटा चिकित्सा क्षेत्रका एक नक्षेत्र रहेको बताउँदै मृतात्माप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनले शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरे प्रचण्डको सचिवालयले जारी गरेको वक्तव्यमा उल्लेख छ। स्मरण रहोस् प्रचण्ड श्रीमती सिता दाहालको उपचारका लागि सिंगापुर छन्।

पित्तथैलीको अर्बुदरोगका कारण करिब एक वर्षअघिदेखि पीडित डा. देवकोटाको उपचारका क्रममा बाँसबारीस्थित नेशनल इन्स्टिच्यूट अफ न्यूरोलोजिकल एण्ड एलाइड साइन्सेसमा सोमबार साँझ ५:३५ बजे निधन भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell