PahiloPost

Jun 15, 2026 | १ असार २०८३

आयोजक रसिया विरुद्ध खेल्न इजिप्टका सालाह तयार



पहिलोपोस्ट

आयोजक रसिया विरुद्ध खेल्न इजिप्टका सालाह तयार

इजिप्टको उच्च गोलकर्ता मोहमद सालाह विश्वकपमा आयोजक रसिया विरुद्ध खेल्न तयार रहेको प्रशिक्षक हेक्टर कुपरले सोमवार बताएका छन्।

'फरवार्ड सालाह खेल्नका लागि तयार छन्।, प्रशिक्षक कुपरले भने, 'उनी टिमको मुख्य हतियार हुन्। यद्यपी सालाह नै टिम भने होइन।'

समूह ए मा रहेका यी दुईबीचको खेल मंगलवार सेन्टपिटर्सवर्गमा हुँदैछ। प्रिमियर लिग क्लब लिभरपुलबाट व्यावसायिक फुटबल खेल्ने सालाह युरोपियन च्याम्पियन्स लिग फाइनलमा घाइते भएका थिए।

उरुग्वे विरुद्को पहिलो खेल गुमाएको सालाहले दोस्रो खेलअघि आइतवार ट्रेनिङ गरेका थिए।

पहिलो खेलमा उरुग्वेसँग १-० ले पराजित भएको इजिप्ट दोस्रो खेलमा सालाह खेल फर्कनेमा आशावादी रहेको छ। उता उद्घाटन खेलमा साउदी अरेबियालाई ५-० ले पराजित गरेको रसिया विश्वकपमा लगातार दुई खेल जित्दै पहिल  पटक अन्तिम १६ मा पुग्ने दाउमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell