PahiloPost

Oct 17, 2025 | १ कात्तिक २०८२

कांग्रेस बलियो बनाउन म पार्टी नै लिएर आएको छु, तपाईँहरु किन मिल्नुहुन्न? : विजय गच्छदार



नेत्र तामाङ

कांग्रेस बलियो बनाउन म पार्टी नै लिएर आएको छु, तपाईँहरु किन मिल्नुहुन्न? : विजय गच्छदार

हेटौडा : नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले पार्टी गुट उपगुट भए कमजोर हुने भएकोले सबैलाई मिल्न आह्वान गरेका छन्।

मकवानपुरको हेटौंडामा आजबाट सुरु भएको कांग्रेस जिल्ला सभापतिहरुको भेलालाई सम्बोधन गर्दै नेता गच्छदारले गुट उपगुट अन्त्यका लागि आफूले जस्तो सुकै भूमिका निभाउन सक्ने प्रतिवद्धतासमेत जनाए।

वामपन्थी एकता हुने देखिएपछि कांग्रेसलाई बलियो बनाउनुपर्छ भनेर आफू पार्टी नै लिएर कांग्रेसमा आएको दिन सम्झाउँदै गच्छदारले आफू पार्टीमा मेलका लागि विशेष भूमिका निभाउन सक्ने दाबीसमेत गरे।

भने, 'म असोज ३०, २०७४ मा पार्टी नै लिएर कांग्रेसमा आएको छु। अध्यक्ष छाडेर यहाँ आएको हुँ। त्यसैले तपाईँहरु मिल्नुपर्छ। गुटउपगुट मिलाउन म जुनसुकै भूमिका निभाउन तयार छु।'

दुई ध्रुवका वामपन्थीहरु मिल्दा एकै पार्टीका, एकै विचारधारा भएका नेताबीच मेल हुन नसक्नु दु:खद् रहेको भन्दै गच्छदारले मेलको विकल्प नरहेको स्पष्ट पारे। गच्छदारले हेटौंडाबाट फर्किदा सबै एक भएर जानुपर्ने सुझावसमेत दिए। 

नेपाल लोकतान्त्रिक फोरमलाई कांग्रेसमा विलय गराएका गच्छदार अहिले कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell