PahiloPost

May 15, 2026 | १ जेठ २०८३

अभिषेक गिरीलाई पनि सम्पत्ति शुद्धिकरणमा सफाई



पहिलोपोस्ट

अभिषेक गिरीलाई पनि सम्पत्ति शुद्धिकरणमा सफाई

काठमाडौं : गुन्डा नाइके अभिषेक गिरीले सम्पत्ति शुद्धिकरणको मुद्दामा सफाई पाएका छन्।
 
विशेष अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी तथा न्यायाधीश चन्ढीराज ढकाल र नारायणप्रसाद पोखरेलको इजलासले बस्नेतलाई सफाइ दिएको हो। 

सम्पत्ति शुद्धिकरण विभागले २०७० जेठ ५ गते गिरीसहित गुन्डा नाइकेहरु गणेश लामा, पर्शुराम बस्नेत,दीपक मनाङे र चक्रे मिलन (मिलन गुरुङ) विरुद्ध मुद्दा दायर गरेको थियो। विभागले गिरीसँग २.९४ करोड रुपैयाँ अवैध सम्पति रहेको दावी गरेको थियो। 

यसअघि दीपक मनाङे,चक्रे मिलन र पर्शुराम वस्नेतले पनि सम्पति शुद्धिकरणको मुद्दामा सफाई पाइसकेका छन्। अब गणेश लामा मात्र फैसला हुन बाँकी छ। लामा हातहतियार खरखजना मुछामा पुर्पक्षको लागि थुनामा छन्।

अपहरण मुद्दामा विराटनगर जेलमा रहेका गिरीले केही समयदेखि कारागारभित्र नै 'गुन्डा राज' चलाएको खबर पाएपछि गृहमन्त्री रामबहादुर थापाले सरुवा गर्ने कारागार व्यवस्था विभागलाई निर्देशन दिएका थिए। गिरीलाई मोरङ जिल्ला कारागारबाट केन्द्रीय कारागार पठाइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell