_v_NRT_(GREEN).jpg)
काठमाडौं : साविक विजेता त्रिभुवन आर्मी तेस्रो ललित स्मृति यू-१८ फुटबल च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
च्याम्पियनसिप अन्तर्गत मंगलवार एन्फा कम्प्लेक्समा भएको समूह्य चरणको खेलमा आर्मीले एनआरटीलाई ४-२ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो।
जितपछि आर्मी समूह ए मा ९ अंकसहित शीर्ष स्थानमा छ। समूहको ४ खेलपछि एनआरटीको ६ अंक छ।
आर्मीको जितमा सुसन लामा र विवेक चौधरीले २-२ गोल गरे।
५ टिम रहेको समूह ए अन्तर्गतकै अर्को खेलमा लुम्बिनी एफसी र मछिन्द्रले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन्।
यस समूहबाट क्वाटरफाइनल पुग्ने दोस्रो टिमको होड भने खुल्ला छ। ४ खेलबाट ६ अंकका साथ एनआरटी दोस्रो तथा ४ अंक जोडेको लुम्बिनी तेस्रो स्थानमा छ। यस्तै सरस्वती क्लब ३ अंकका साथ चौथो स्थानमा छ। यी ३ मध्ये एक टिम क्वाटरफाइनल पुग्नेछ।