PahiloPost

May 15, 2026 | १ जेठ २०८३

वान डे क्रिकेटमा इंग्ल्याण्डको कीर्तिमानी स्कोर : अष्ट्रेलियाविरुद्ध ४८१ रन, दुई खेलाडीको शतक



पहिलोपोस्ट

वान डे क्रिकेटमा इंग्ल्याण्डको कीर्तिमानी स्कोर : अष्ट्रेलियाविरुद्ध ४८१ रन, दुई खेलाडीको शतक

इंग्ल्याण्डको क्रिकेट टिमले वान डे इन्टरनेशनलको एकै खेलमा सर्वाधिक स्कोर बनाउने कीर्तिमान बनाएको छ। अष्ट्रेलिया विरुद्धको थर्ड वान डे म्याचमा ४८१ रन बनाउँदै दुई वर्षअघि पाकिस्तान विरुद्ध बनाएको ४४४ रनको आफ्नै कीर्तिमान तोडेको हो।

नटिङहममा भएको खेलमा इंग्ल्याण्डका लागि दुई खलाडिले शतक प्रहार गरे। ओपनर जोनी ब्रेस्ट्सवो र एलेक्स हाल्सले शतक प्रहार गर्दा कप्तान इयान मोर्गानले सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने इंगलिस खेलाडीको कीर्तिमान बनाए।

हाल्सले सर्वाधिक १४७ तथा जोनीले १३९ रन बनाए। दुवैले  समान ९२ बल खेल्दा ५-५ छक्का प्रहार गरे। हाल्सले १६ तथा जोनीले १५ चौका प्रहार गरे। ज्यासन रोएले ८२ रन बनाए। २१ बलमा अर्धशतक बनाएका मोर्गानले ६७ रन जोडे। अष्ट्रेलियाका लागि कन रिचर्डसनले १० ओभरमा १ मेडन राख्दै ९२ रन खर्चेर ३ विकेट लिए।

इंग्ल्याण्डले आफनो इनिङ्समा कूल २१ छक्का र ४१ चौका प्रहार गरेको थियो।

वान डे इन्टरनेशनल क्रिकेटमा अहिलेसम्म बनेका चार सय भन्दा माथिका स्कोर:

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell