PahiloPost

May 15, 2026 | १ जेठ २०८३

लगातार दोस्रो जितपछि आयोजक रसिया अन्तिम १६ नजिक, इजिप्ट ३-१ ले पराजित



पहिलोपोस्ट

लगातार दोस्रो जितपछि आयोजक रसिया अन्तिम १६ नजिक, इजिप्ट ३-१ ले पराजित

काठमाडौँ : विश्वकप २०१८ को आयोजक रसियाले अाफ्नो विजयी यात्रालार्इ निरन्तरता दिएको छ। जितलार्इ निरन्तरता दिँदै समूहको शीर्ष स्थानमा उक्लिएको रसियाले अाज भएको समूह चरणको आफ्नो दोस्रो खेलमा इजिप्टलार्इ ३-१ ले हराएको हो।

पहिलो खेलमा साउदी अरेवियालार्इ ५-० हराएको रसियाले समूह चरणको दोस्रो खेलमा इजिप्टलार्इ हराएको हो। रसियाले विश्वकपमा समूह चरणको लगातार दुई खेल जितेको यो पहिलो पटक हो। यससँगै रसियाले पहिलो पटक समूह चरण पार गर्ने सम्भावना बलियो बनाएको छ। उता लगातार दुई खेल हारेको इजिप्ट समूह चरणबाटै बाहिरिने खतरा बढेको छ।

सन् १९५८ देखि १९९० सम्म शोभियत युनियनको नामबाट खेल्दा सन् १९६६ मा चौथो भएको थियो।

अब रसियाले समूहको अन्तिम खेलमा उरुग्वेसँग खेल्नेछ।

खेलको पहिलो हाफमा रसियालार्इ गोलरहित बराबरीमा रोकेको इजिप्ट फाथीको अात्मघाती गोलसँगै ४७ अाैँ मिनेटमा पछि परेको थियो। त्यसको १२ मिनेटमा चेरिसेभले सानदार गोल गर्दै रूसलार्इ २-० को अग्रता दिलाएका थिए।

त्यसको तीन मिनेमा नै खेलको ६२ अाैँ मिनेटमा डिजुवाले अर्को गोल गर्दै रसियालाई २-० को अग्रता दिलाए।

इजिप्टका लागि सान्त्वना गोल मोहम्मद सलाहले ७३ अाैँ मिनेटमा पेनाल्टी मार्फत गोल गरेका थिए। उनलार्इ रुसी खेलाडीले डी बक्सभित्र लडाएपछि इजिप्टले पेनाल्टी पाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell