PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

खोलामा डुबेर बालिकाको मृत्यु



पहिलोपोस्ट

राजविराजः सप्तरीको कञ्चनरुप नगरपालिका–१२ स्थित सुन्दरी खोलामा डुबेर मंगलबार साँझ एक बालिकाको मृत्यु भएको छ।

स्थानीय छ वर्षीया स्मृति विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। ती बालिका कसरी डुबिन भन्नेबारे खुल्न नसकेको प्रहरीले जनाएको छ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याइएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell