PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी’बीच आज भेटवार्ता



पहिलोपोस्ट

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी’बीच आज भेटवार्ता

काठमाडौँः चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि राजनीतिक भेटवार्ता सुरु गर्दैछन्। ओलीले बुधबार चिनियाँ राष्ट्रपति सि जिङपिङसँग भेटवार्ता गर्नेछन्। भेटवार्तामा द्धिपक्षीय हित र यसअघिको भ्रमणमा भएका सम्झौता कार्यान्वयन लगायतका विषयमा छलफल हुनेछ।

भेटमा चीनले अघि सारेका ‘वान बेल्ट वान रोड’ परियोजना लगायत पूर्वाधार निर्माण लगायतका विषयमा छलफल र समझदारी हुने अपेक्षा गरिएको छ। 

बुधबार नै प्रधानमन्त्री ओली नेपाली दूतावासमा आयोजना हुने कार्यक्रममा सामेल हुनेछन्। जहाँ चीनमा रहेका नेपालीका प्रतिनिधिहरुसँग पनि भेटवार्ता हुनेछ। प्रधानमन्त्री नेपाल बिजनेश फोरम कार्यक्रममा पनि सहभागी हुनेछन्। 

प्रधानमन्त्रीले चिनियाँ समकक्षी ली खछ्याङसँग भने बिहीबार भेटवार्ता गर्नेछन्। प्रतिनिधिमण्डल स्तरमा उक्त भेट हुनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell