PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

घाइते नेमारले छाडे ब्राजिलको ट्रेनिङ

घाइते नेमारले छाडे ब्राजिलको ट्रेनिङ

पहिलोपोस्ट /पहिलोपोस्ट


रसिया विश्वकपमा समूह चरणको दोस्रो खेल खेल्नुअघि ब्राजिलका फरवार्ड नेमारले चोटका कारण ट्रेनिङ छाडेका छन्।

मंगलवार ट्रेनिङका क्रममा दायाँ खुट्टामा चोट लागेपछि नेमारले ट्रेनिङ छाडेका हुन्।

विश्वकप सुरुहुनुअघि चोटमुक्त हुँदै रसिया पुगेका नेमारले स्वीट्जरल्याण्ड विरुद्धको पहिलो खेल खेलेका थिए। जहाँ उनलाई धेरै फल गरिएको थियो।

ब्राजिलका स्पोकपर्सनले स्वीस विरुद्धको फलकै कारण नेमारलाई चोट लागेको बताएका छन्।

जुन ३ मा क्रोएसिया विरुद्धको मैत्रीपूर्ण खेलमार्फत नेमारले फेब्रुअरीपछि पुनरागमन गरेका थिए।

स्वीस विरुद्धको पहिलो खेल पूरै खेलेका नेमारले सोमवार पनि ट्रेनिङमा भाग लिएका थिएनन्।



ट्रेन्डिङ पोस्ट

Ncell