PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

प्रिभ्यू : मोरोक्कोसँग बदला लिने दाउमा पोर्चुगल



पहिलोपोस्ट

प्रिभ्यू : मोरोक्कोसँग बदला लिने दाउमा पोर्चुगल

रसिया विश्वकप २०१८ मा ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन् पोर्चुगलका क्रिस्टियानो रोनाल्डो। तैपनि पोर्चुगलले उक्त खेल जित्न सकेन र स्पेनसँग ३-३ को बराबरी खेल्दै अंक बाँड्यो। त्यहि पोर्चुगलले समूह बी को दोस्रो खेलमा अफ्रिकन राष्ट्र मोरोक्कोसँग खेल्दैछ र युरोपियन टिमका लागि यो बदला लिने अवसर समेत हुनेछ। यी दुईबीचको खेल आज साँझ ५:४५ बजे लुजनिकी स्टेडियममा हुनेछ।

यसअघि सन् १९८६ को विश्वकपमा मोरोक्कोले पोर्चुगललाई पराजित गरेको थियो र त्यो नै मोरोक्कोले जितेको विश्वकपको एक मात्र खेल हो।

उता मोरोक्को पहिलो खेलमा इरानसँग पराजित भएका कारण पनि केही दबाबमा छ।

इरानले ३ अंक जोडिसकेको कारण पोर्चुगल मोरोक्कोलाई पराजित गर्दै दोस्रो चरण प्रवेश सहज बनाउन चाहनेछ।

कप्तान समेत रहेका रोनाल्डोको फर्म र गोल स्कोरिङ स्किल पोर्चुगलको लागि एडभान्टेज हुनेछ। यस्तै प्रशिक्षकले फिट स्क्वाडबाट पहिलो रोजाईको टिम छनोट गर्ने अवसर समेत पाउनेछन्।

मोरोक्कोलाई भने खेलाडीको चोटले केही सताउनेछ। इरान विरौधको खेलमा घाइते भएका नोर्दिन अमराबात पोर्चुगल विरुद्धको खेल हुनेछैनन्। यस्तै रेगुलर राइट ब्याक नविल डिएरर घुँडाको चोटका कारण खेल्न सक्ने छैनन्।

पोर्चुगलले सन् २००२ यता गैर-युरोपियन राष्ट्रसँग विश्वकपमा हार बेहोरेको छैन। मोरोक्कोले पहिलो खेलमा इरान विरुद्ध हार बेहोरेपनि ६८ प्रतशित बल आफ्नो नियन्त्रणमा राखेको थियो। तर गोल गर्न नसक्ने समस्याका कारण पराजित भयो।

जारी विश्वकपमा पोर्चुगलका रोनाल्डो र रसियाका डेनिस चेरिसेभले समान ३ गोल गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell