PahiloPost

May 15, 2026 | १ जेठ २०८३

विश्वकपमा कोलम्बियालाई हराएपछि जापानी दर्शकले सफा गरे स्टेडियम



पहिलोपोस्ट

विश्वकपमा कोलम्बियालाई हराएपछि जापानी दर्शकले सफा गरे स्टेडियम

विश्वकप जस्तो ठूलो फुटबल प्रतियोगितामा खेल सकिएपछि दर्शकदिर्घातिर जतातै फोहोरहरु देखिन्छ। समर्थकहरु आफ्नो टिमको जितमा उत्साह मनाउन थाल्छन् भने हारमा निराश हुन थाल्छन्। तर मंगलवार रसिया विश्वकपमा जापानी समर्थकले दाएको दृश्य भने फरक थियो।

पहिलो पटक कुनै पनि एसियाली राष्ट्रले दक्षिण अमेरिकी राष्ट्रलाई पराजित गर्ने कीर्तिमान बनाउयन सफल जापानले कोलम्बियालाई २-१ ले पराजित गरेपछि दर्शकहरु पनि उत्साहित भए।

जापनाले पहिलो पटक कोलम्बियालाई हराएपनि समर्थकहरुले आफू बसेको सिट वरपर सरसफाई गरे। उनीहरुले फोहोर हाल्नका लागि आफै ठूला प्याष्टिक ब्याग बोकेका थिए र खेल सकिएपछि सबै फोहोर उठाएर सुरुको जस्तै सफा बनाएका थिए।

जापान बेस्ट फुटबल जर्नालिस्ट स्कट म्याकेनटायरले यो फुटबल कल्चर मात्र नभएर जापानिस कल्चर भएको बीबीसीसँग बताएका छन्।

जापानिज टिमसँगै रसियामा रहेका उनी ब्लु सामुराई प्यानको कामबाट कुनै आश्चर्यचकित भएनन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell