PahiloPost

May 15, 2026 | १ जेठ २०८३

लर्ड्समा हुने ट्राई सिरिजमा नेपाल र नेदरल्याण्ड्स विरुद्ध एमसीसीको कप्तानी माहेला जयबर्दनेले गर्ने



पहिलोपोस्ट

लर्ड्समा हुने ट्राई सिरिजमा नेपाल र नेदरल्याण्ड्स विरुद्ध एमसीसीको कप्तानी माहेला जयबर्दनेले गर्ने

आगामी जुलाईमा लर्ड्समा हुने टी-२० ट्राई सिरिज क्रिकेट टुर्नामेन्टले मेरिलिबोन क्रिकेट क्लब एमसीसीको कप्तानी पूर्व श्रीलंकन कप्तान माहेला जयबर्दनले गर्ने भएका छन्।

एमसीसीले बुधवार उक्त घोषणा गरेको हो।

क्रिकेटको मक्का मानिने लर्ड्समा हुने एक दिने सिरिजमा एमसीसी, नेपाल र नेदरल्याण्ड्सको टोलीले प्रतिस्पर्धा गर्नेछन्। यी टिम टीमले एक अर्कासँग १-१ खेल खेल्नेछन्।

श्रीलंकाको उत्कृष्ट खेलाडी रहेका जयबर्दनेले १४९ टेष्ट म्याचमा १२ हजार रन बनाएका छन् भने वान डे इन्टरनेशनलमा १२ हजार ६५० रन बनाएका छन्। यस्तै ५५ टी-२० इन्टरनेशनलमा १ हजार ४९३ रन बनाएका छन्।

यसैगरी एमसीसीको टिम स्कटल्याण्डका ३ खेलाडी समेत रहने एमसीसीले जनाएको छ। जसमा डाएलन बड्ज, एलासदायर एभान्स र मार्क वाट छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell