PahiloPost

Jun 15, 2026 | १ असार २०८३

सलमान खानको रेस ३ को बक्स अफिस स्पिड ह्वात्तै झर्‍यो



पहिलोपोस्ट

सलमान खानको रेस ३ को बक्स अफिस स्पिड ह्वात्तै झर्‍यो

रेमो डिसुजा निर्देशित फिल्म रेस ३ इदका अबसरमा रिलिज भयो। सलमान खान, अनिल कपुर, ज्याकलिन फर्नान्डेज, दिश्य शाह, बबी देवल र सकिव सलिम जस्ता कलाकार भरिएको यो फिल्म वर्षको बहुप्रतिक्षितमध्येको थियो। 

कोरियोग्राफीबाट निर्देशक बनेका रेमो डिसुजाका लागि सलमान खान लिएर इस्लाम धर्मावलम्बीको चाँडमा रिलिजको अवसर लगायतका कारण सबै हिसाबले परफेक्ट मानिएको थियो। फिल्म रिलिज जसरी भयो मानिसहरु त्यस्तै उत्साहले हलमा पुगे। जसरी हलमा पुग्ने क्रम बढ्यो त्यसरी नै हलका सिट रित्तिनेक्रम पनि सुरु भयो।

भारतमा पहिलो दिन २९ करोड १७ लाख कलेक्सन गरेको फिल्मले दोस्रो दिन ३८ करोड १४ लाख र तेस्रो दिन ३९ करोड १६ लाख कमायो। चौथो दिन फिल्मको कमाई ह्वात्तै घट्यो। त्यस दिन १४ करोड २४ लाख जम्मा गर्यो। पाँचौ दिन फिल्म ९ करोड ५० लाखमा खुम्चियो। 
समीक्षकहरुले सलमानको यो फिल्म सबैभन्दा खराब रहेको टिप्पणी गरेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell