PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

भक्तपुरको गारनिस होटलमा महिला र पुरुषको शव भेटियो, हत्याको आशंका



पहिलोपोस्ट

भक्तपुरको गारनिस होटलमा महिला र पुरुषको शव भेटियो, हत्याको आशंका
प्रतीकात्मक तस्विर

भक्तपुरः सूर्यविनायक नगरपालिका–९ बाँसघारीस्थित गारनिस होटलको कोठा नं २०३ मा दुई व्यक्तिको शव भेटिएको छ।

होटलको उक्त कोठामा भक्तपुर नगरपालिका दरबार स्क्वायर बस्ने ३० वर्षीय जीवनतोयना श्रेष्ठ र दोलखा बोचकी  २२ वर्षीया मुन्नी तामाङको शव भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालय श्रेष्ठले जानकारी दिए।

होटलमा मंगलबार दुबै सँगै बस्न गएका श्रेष्ठको कोठाको एटेज बाथरुमभित्रको नुहाउने सावरमा झुण्डिएको अवस्थामा शव भेटिएको थियो भने मुन्नी तामाङको शव खाटमा रगताम्य अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ।

अनुसन्धान गर्ने क्रममा कोठाको खानतलासी गर्दा सिसाको टुक्रासमेत फेला परेकाले घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए। हिजो कोठामा गएको मान्छे आज दिउँसो २ बजेसम्म पनि बाहिर ननिस्किएपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घटना हत्या हुनसक्ने आशंकामा अनुसन्धान सुरु गरेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell