PahiloPost

Apr 10, 2026 | २७ चैत्र २०८२

ट्रम्पले बदले विवादस्पद आप्रवासी नीति, आप्रवासीका बच्चा परिवारसँगै रहने 



पहिलोपोस्ट

ट्रम्पले बदले विवादस्पद आप्रवासी नीति, आप्रवासीका बच्चा परिवारसँगै रहने 

सर्वत्र आलोचनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो आप्रवासी नीति परिवर्तन गरेका छन्। आप्रवासीलाई उनीहरूका बच्चासँग अलग गर्ने नीति आलोचनापछि उनले परिवर्तन गरेका हुन्। अब आप्रवासीका बच्चाहरू परिवारकै साथमा रहन पाउनेछन्। 

ट्रम्पले हस्ताक्षर गरेको नयाँ नीतिमा अवैध आप्रवासीलाई हिरासतमा लिँदा परिवारलाई एकसाथ लिइने जनाइएको छ। तर, आमा बाबुलाई हिरासतमा लिँदा बच्चामा गलत प्रभाव पर्ने अवस्थामा भने उनीहरूलाई अलग राखिनेछ। 

तर, आदेशमा बच्चालाई आमा बाबुसँग कति समयसम्म अलग राख्न सकिने स्पष्ट उल्लेख छैन। ट्रम्पको आदेश कार्यान्वयन मिति पनि स्पष्ट छैन। 

राष्ट्रपति ट्रम्पले पत्नी मेलानिया र छोरी इभान्काले पनि आफ्नो कदममा साथ दिएको बताएका छन्। तर, मिडिया रिपोर्ट अनुसार भने मेलानिया र इभान्काले आप्रवासी नीति नरम बनाउन दबाब दिएको बताउँदै आएका छन्। 

ट्रम्पको यो नीतिको पूर्व राष्ट्रपति बराक ओबामाले पनि आलोचना गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell