PahiloPost

May 15, 2026 | १ जेठ २०८३

जग्गा विवादमा दाइद्वारा भाइको हत्या



पहिलोपोस्ट

जग्गा विवादमा दाइद्वारा भाइको हत्या

रुकुमः रुकुम पश्चिममा आफ्नै दाइले भाइको हत्या गरेका छन्।

जिल्लाको आठबिसकोट नगरपालिका–१२ का आन्दाजी ४४ वर्षीय रुद्रबहादुर पुनले आफ्नै सहोदर भाइ आन्दाजी ४० वर्षीय जोखबहादुर पुनको आज बिहान करीब ४ बजे हत्या गरेको प्रहरीले जानकारी दिएको छ।

जग्गासम्बन्धी सामान्य विवादका कारण रुद्रले खुकुरी प्रहार गरी जोखबहादुरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए।

हत्या गर्ने रुद्रबहादुर पुनले जिल्ला प्रहरी कार्यालयमा आएर आत्मसमर्पण गरेको प्रहरी नायब उपरीक्षक खड्काले बताए।

जोखबहादुरको शव परीक्षणका लागि जिल्ला अस्पताल सल्ले, रुकुम ल्याइँदै छ। यो घटना मामाको घर डाँचीकोट गाउँपालिका–६ मग्मामा भएको हो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell