PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

मनमोहन भट्टराईलाई मस्तिष्कघात, सात दिनदेखि अस्पतालमा



रासस

मनमोहन भट्टराईलाई मस्तिष्कघात, सात दिनदेखि अस्पतालमा

काठमाडौं : नेपाली कांग्रेसका नेता मनमोहन भट्टराईको मस्तिष्कघातपछि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ।
    
स्वास्थ्यमा समस्या देखिएपछि सात दिनअघि उनलाई नर्भिक अस्पताल थापाथली पुर्याइएको थियो।
    
अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेका भट्टराईलाई हाल उच्च निगरानीमा राखिएको छ। सिटी स्क्यान रिपोर्ट आएपछिमात्र थप उपचारको प्रक्रिया अगाडि बढाइने उपचारमा संलग्न  चिकित्सकले बताएका छन्। 

स्नायु रोग विशेषज्ञ डा राजीव झासहितको टोलीले उनको उपचार गरिरहेको नर्भिक अस्पतालले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell