PahiloPost

Apr 10, 2026 | २७ चैत्र २०८२

सुन तस्करी प्रकरणः व्यवसायी अकबर शाह पक्राउ



पहिलोपोस्ट

सुन तस्करी प्रकरणः व्यवसायी अकबर शाह पक्राउ

काठमाडौँः सुन तस्करी प्रकरणमा संलग्नता रहेको आशंकामा व्यवसायी अकबर शाह पक्राउ परेका छन्। रेस्टुरेन्ट व्यवसायीले शाहलाई सरकारले गठन गरेको छानबिन समितिले बिहीबार नियन्त्रणमा लिएको हो। ललितपुरको लबिम मलमा उनको रेस्टुरेन्ट छ।

तस्करीमा संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएकाले शाहलाई नियन्त्रणमा लिइएको समितिका एक सदस्यले बताए। उनीमाथि सोधपुछको क्रम जारी छ। 

यसअघि प्रहरीले तस्करी प्रकरणमा प्रतिवादी बनाइएका मुख्य लगानीकर्ता भनिएका मोहनकुमार अग्रवाल, मुख्य आरोपी चुडामणि उप्रेतीका भाइ रमेश उप्रेती, हरिशरण खड्का र बेनु श्रेष्ठविरुद्ध रेड कर्नर नोटिस जारी गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell