PahiloPost

May 15, 2026 | १ जेठ २०८३

मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु



पहिलोपोस्ट

मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

खजुराः बाँके जिल्लाको कोहलपुरमा मोटरसाइकलको ठक्करले एक जनाको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कोहलपुर–तिनघरुवा किरण नाला नजिकै बासगढीतर्फ जाँदै गरेको बा ७४ प ४३५७ नम्बरको मोटरसाइकलले पैदलयात्री कोहलपुर ५ का टेलर व्यवसायी ५८ वर्षीय सर्पे परियारको मृत्यु भएको हो।

गएराति ९ बजे बाटो काट्ने क्रममा मोटरसाइकलको ठक्करले गम्भीर घाइते परियारको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।

दुर्घटनामा मोटरसाOकल चालक बासगढी ६ का ३८ वर्षीय दन्ननाथ बुढाथोकी घाइते भएका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell