PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

आइकाओको कालो सूचीबाट हटेको पर्यटन मन्त्रीद्वार ब्रिफ



पहिलोपोस्ट

आइकाओको कालो सूचीबाट हटेको पर्यटन मन्त्रीद्वार ब्रिफ

काठमाडौं : अन्तर्राष्ट्रिय नागरिक उड्यन प्राधिकरणको कालो सूचीबाट नेपाल हटेको नागरिक उड्यन मन्त्री रबीन्द्र अधिकारीले संसदमा जानकारी गराएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वका विषयमा जानकारी दिँदै अधिकारीले आइकाओको कालो सूचीबाट नेपाल हटेको जानकारी दिँदै काउन्सिल प्रेसिडेन्ट अवार्डबाट पनि सम्मानित भएको जानकारी दिए।

उडानको न्यूनतम् ६० प्रतिशत अंक प्राप्त नगर्दा नेपाललाई आइकाओले कालो सूचीमा रहेको थियो। अहिले नेपालको ६६ प्रतिशत सुरक्षा अंक रहेकाले कालो सूचीबाट हटाइएको छ।

यसैगरी युरोपको उडान रोक्का भएको विषयमा पनि छलफल सुरु भएको बताए। २०१६ बाट युरोपले उडान रोकेको थियो।

उक्त विषयमा नेपाल सरकारले युरोपियन युनियनसँग कुरा गरेर सेप्टेम्बर महिनामा अनुगमन समिति आउने अधिकारीले जानकारी दिए। सेप्टेम्बरबाट युरोपको उडान पनि सुरु हुने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell