PahiloPost

May 15, 2026 | १ जेठ २०८३

कमलरी अस्मिता थारुको घटना छानविनको माग



पहिलोपोस्ट

काठमाडौं : बर्दियाको बाँसगढी नगरपालिका ४ अस्नेरीकी ११ वर्षीया कमलरी अस्मिता थारुको हत्याको विषयमा छानविनको माग संसदमा उठेको छ।

जेठ २९ गते राति मालिकको परिवारले थारुको हत्या गरेको हुन सक्ने भन्दै छानविनको माग गरिएको छ।

नेपाल कम्युनिष्ट पार्टीकी सांसद शान्ता चौधरीले उक्त घटनामा मालिक दुर्गा भण्डारीको परिवारले हत्या गरेको हुन सक्ने बताइन्।

थारुले आत्महत्या गरेको भन्दै भण्डारी परिवारले दाबी गर्दै आएको छ।

तर, चौधरीले कमलरी थारुको हातमा किल्ला ठोकिएको र जिउभरी डाम भएकाले हत्या हुनसक्ने आशंका व्यक्त गरिन्।

थारुको हत्याको विरोधमा बाँके, बर्दिया, कैलाली र दाङ्ग जिल्लामा थारुहरुले केही दिनयता प्रदर्शन गर्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell