PahiloPost

May 15, 2026 | १ जेठ २०८३

'बोबी'को ट्रेलरमा हेर्नुस् वास्तविक कथा अनि पात्रहरु



पहिलोपोस्ट

 'बोबी'को ट्रेलरमा हेर्नुस् वास्तविक कथा अनि पात्रहरु

काठमाडौं : फिल्म 'बोबी'को ट्रेलर सार्वजनिक भएको छ। वास्तविक प्रेमकथामा आधारित ट्रेलरमा वास्तविक पात्रहरुको अभिनय देख्न सकिन्छ।

मिलन चाम्सको निर्माण तथा निर्देशनमा बनेको फिल्ममा नर्वे बस्दै आएका (एनआरएन) कविता गुरुङ र उमेश थापाको अभिनय रहेको छ। उमेश पेसाले इन्जीनियर हुन्, भने कविता होटल म्यानेजर हुन्। कथालाई जीवन्त बनाउन फिल्ममा उनी दुइले नै अभिनय गरेको कविताले बताइन्।

असार २९ देखि प्रदर्शनमा आउने फिल्ममा कविता र उमेशसँगै विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा लगायतको अभिनय छ।

चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको ‘बोबी’मा नवराज कृष्ण थापाको छायाँकन, अर्जुन जिसीको सम्पादन र ताराप्रकाश लिम्बुको संगीत रहेको छ।

  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell