PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

शाकिरीले ९०औँ मिनेटमा गोल गरेपछि सर्बियामाथि स्वीट्जरल्याण्डको पुनरागमन जित

शाकिरीले ९०औँ मिनेटमा गोल गरेपछि सर्बियामाथि स्वीट्जरल्याण्डको पुनरागमन जित

पहिलोपोस्ट /पहिलोपोस्ट


ग्रान्ट जाका र जेर्दान शाकिरीले दवस्रो हाफमा गरेको गोल मद्दतमा स्वीट्जरल्याण्डले रसिया विश्वकपमा सर्बियामाथि पुनरागमन जित हात पारेको छ। समूह ई अन्तर्गत शुक्रवार भएको खेलमा स्वी टोलीले सर्बायलाई २-१ ले पराजित गरेको हो।

खेलको पाँचौ मिनेटमै एलेक्जान्डर मिट्रोभिकले गोल गर्दै सर्बियालाई अग्रता दिलाएका थिए। तर पहिलो हाफमा एक गोलले पछि परेको स्वीट्जरल्याण्डले दोस्रो हाफमा दुई गोल गर्‍यो। ५२औँ मिनेटमा जाकाले स्वीस टोलीका लागि बराबरी गोल फर्काए।

स्वीट्जरल्याण्डलाई जारी विश्वकपमा पहिलो जित दिलाउन शाकिरीले ९०औँ मिनेटमा निर्णायक गोल गरे।

जितपछि स्वीट्जरल्याण्डले २ खेलबाट ब्राजिल समान ४ अंक जोडेको छ र अन्तिम १६ पुग्ने सम्भावना बलियो बनाएको छ। पहिलो खेलमा कोस्टारिकालाई हराएको सर्बियाको २ खेलबाट ३ अंक छ। अब अन्तिम खेलमा ब्राजिलले सर्बिया तथा स्वीट्जरल्याण्डले कोस्टारिकासँग खेनेछ। यस खेलबाट अन्तिम १६ पुग्ने दुई टोलीको टुङ्गो लाग्नेछ। लगातार दुई खेल हारेको कोस्टारिका समूह चरणबाटै बाहिरिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell