PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

विश्वकपमा आज ३ खेल : जितको खोजीमा डिफेण्डिङ च्याम्पियन जर्मनी, बेल्जियम, मेक्सिको र स्वीडेनको नजर अन्तिम १६



पहिलोपोस्ट

विश्वकपमा आज ३ खेल : जितको खोजीमा डिफेण्डिङ च्याम्पियन जर्मनी, बेल्जियम, मेक्सिको र स्वीडेनको नजर अन्तिम १६

रसिया विश्वकपको आज दशौँ दिन पनि ३ खेल हुँदैछन्। डिफेण्डिङ च्याम्पिनय जर्मनी यस विश्वकपको पहिलो जितको खोजीमा रहँदा बेल्जियम, स्वीडेन र मेक्सिकोमो नजर भने अन्तिम १६ तिर छ।

चार वर्षअघि ब्राजिलमा अर्जेन्टिनालाई हराउँदै च्याम्पियन बनेको जर्मनी पहिलो खेलमै मेक्सिकोसँग पराजित भएपछि अन्तिम १६ मा प्रवेश गर्न स्वीडेन विरुद्धको दोस्रो खेल जित्नैपर्ने बाध्यता छ। मेक्सिको विरुद्ध जर्मनीको मिडफिल्ड खासै चल्न सकेको थिएन। प्रशिक्षक योकिम लो ले स्वीडेन विरुद्ध केही रणनीति परिवर्तन गर्ने सक्नेछन्।

समूह एफमा रहेका यी दुई बीचको खेल राती ११:४५ हुनेछ। पहिलो खेलमा दक्षिण कोरियालाई हराएको स्वीडेन लगातार दोस्रो खेलमा जित हात पार्दै अन्तिम १६ प्रवेशको बाटो सहज बनाउने दाउमा हुनेछ। उता जर्मनीलाई अप्रत्यासित रुपमा हराउँदै शनसनी मच्चाएको मेक्सिकोले दोस्रो खेलमा दक्षिण कोरियासँग खेल्दैछ। मेक्सिको पनि लगातार दोस्रो जित निकाल्दै दोस्रो चरणमा पुग्न चाहन्छ। पहिलो खेलमा हारेको कोरियाको लागि अन्तिम १६ को सम्भावना कायम राख्न पनि आफूअनुकुल नतिजा आवश्यक छ।

आजै समूह जी मा रहेका बेल्जियम र ट्युनिया साँझ ५:४५ बजे भिड्दैछन्। पहिलो खेलमा पानामालाई ३-० ले पराजित गरेको बेल्जियम लगातार दोस्रो जित हात पार्दै अन्तिम १६ मा स्थान सुरक्षित गर्ने दाउमा छ। ट्युनिसिया भने पहिलो खेलमा इंग्ल्याण्ड्सँग पराजित भको थियो।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell