PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्लेअर्स टु वाच : लुकाकु, लोजानो, मुलर, मिन सन



पहिलोपोस्ट

प्लेअर्स टु वाच : लुकाकु, लोजानो, मुलर, मिन सन

रसिया विश्वकप अन्तर्गत आज पनि समूह चरणका ३ खेल हुँदैछन्। साँझ ५:४५ बजे हुने खेलमा समूह जी मा रहेका बेःजियम र ट्युनिसिया भिड्दैछन्। यस्तै समूह एफमा रहेका दक्षिण कोरिया र मेक्सिको राती ८:४५ तथा त्यसै समूहका जर्मनी र स्वीडेन राती ११: ४५ बजे प्रतिस्पर्धा गर्दैछन्।

आजको खेलका हेर्नलायक खेलाडीहरु

 

रोमेलु लुकाकु (बेल्जियम)

रसियामा जारी विश्वकप अन्तर्गत समूह चरणको पहिलो खेलमा रोमेलु लुकाकुले पानामा विरुद्ध दुर्इ गोल गरेका थिए। २५ वर्षीय लुकाकु बेल्जियम फुटबल टिम र म्यानचेस्टर युनाइटेडका प्रभावशाली स्ट्राइकर हुन्।

२३ वर्ष हुनुअघि प्रिमियर लिगमा ५० भन्दा बढी गोल गर्ने उनी ५ खेलाडीमध्ये एक हुन्। बेल्जियमबाट ७० खेलमा उनले सर्वाधिक ३८ गोल गरेका छन्। एभर्टन, म्यान युनाइटेड लगायत विभिन्न क्लबहरुमा खेलेर उनले हालसम्म १७२ गोल गरिसकेका छन्।

 

वाहबी खजरी (ट्युनिसिया)

ट्युनिसियाका लागी ३७ खेलमा सर्वाधिक १२ गोल गरेका खजरी लिग वानमा रेननस र लोनमा सन्डरल्यान्डका लागि खेल्छन्। विभिन्न क्लबमा रही ६३ गोल गरेका खजरी ट्युनिसियाका स्टार खेलाडी हुन्।

एट्याकिङ् मिडफिल्डरको भूमिकामा खजरीले आज आफ्नो समूहको पहिलो स्थानमा रहेको बेल्जियमको सामना गर्दैछन्। ट्युनिसियाभन्दा बलियो रहेको बेल्जियम विरुद्ध जित निकाल्न सकेमा मात्र ट्युनिसियाको दोस्रो चरणमा प्रवेश गर्ने सम्भावना रहनेछ। त्यसैले पनि आज खजरीको प्रदर्शन महत्वपूर्ण रहनेछ।

 

सन हिउन मिन (दक्षिण कोरिया)

२५ वर्षीय सन हिउन मिन दक्षिण कोरियाली टोली र प्रिमियर लिग क्ल्ब टोटनह्याम हट्सपरका विङ्गर र फरवार्ड खेलाडी हुन्। दक्षिण कोरियाबाट उनले २०१४ फिफा विश्वकप, एएफसी एसियन कप २०११ र २०१५ मा सहभागी भइसकेका छन्। कोरियाली टोलीबाट खेल्दै मिनले ६७ गोलमा २१ गोल गरेका छन्। केएफए फुटबलर अफ डी एयर २०१३, २०१४ र २०१७ बाट सम्मानित भएका उनी २०१५ र २०१७ मा एएफसी अन्तराष्ट्रिय  फुटबलर अफ डी एयर भएका थिए। समूहमा अंक विहिन रहेको आफ्नो टोलीलार्इ विश्वकपको दोस्रो चरणमा पुर्‍याउनु पर्ने दबाब उनी माथि हुनेछ।

 

हिरभिङ् लोजानो (मेक्सिको)

मेक्सिकोका हिरभिङ् लोजानोले पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन जर्मनीविरुद्ध गोलगरी पहिलो खेलमै सफलता हासिल गरेको थियो। जर्मनीविरुद्ध उत्कृष्ट खेलवापत उनलार्इ सो खेलको म्यान अफ डी म्याच घोषित गरिएको थियो। मेक्सिकोका लागी उनले २९ खेलमा ८ गोल गरेका छन्।

एल चक्की उपनामबाट प्रसिद्ध २२ वर्षिय लोजानो डच क्ल्ब पिएसभीबाट व्यवसायिक फुटबल खेल्दछन्। २०१५ मा उनीलार्इ ‘डन ब्यालन’ले १९९४ पछि जन्मेका उत्कृष्ट खेलाडीको सूचीमा राखेको थियो। पिएसभी र पाचुका क्ल्बबाट खेल्दै उनले ६२ गोल गरिसकेका छन्।

 

एन्ड्रेस ग्रान्कभिस्ट (स्वीडेन)

स्वीडेन फुटबल टोलीको कप्तान समेत रहेका एन्ड्रेस ग्रान्कभिस्टले दक्षिण कोरियाविरुद्ध निर्णायक गोल गरी समूह चरणमा पहिलो जित हासिल गरेका थिए। ३३ वर्षीय ग्रान्कभिस्टले स्वीडेनका लागी ७२ खेलमा ६ गोल गरेका छन्।

वर्षको उत्कृष्ट स्वीडीस पुरुष खेलाडीलार्इ प्रदान गरिने गल्डबोलिनबाट उनी २०१७ मा सम्मानित भएका थिए। आजको खेलमा डिफेन्डिङ च्याम्पियन जर्मनीलार्इ पराजित गर्न सकेमा स्वीडेनले राउण्ड अफ १६ मा सहज प्रवेश पाउने छ। एन्ड्रेसको स्वीडीस टोलीमाथि आज विश्वको नजर रहनेछ।

 

थोमस मुलर (जर्मनी)

वर्तमान जर्मन टोलीका खेलाडीमध्ये मुलरले विश्वकपमा सर्वाधिक गोल गरेका छन्। उनले जर्मनीका लागि ९१ खेलमा ३८ गोल गरेका छन्। २८ वर्षीय फरवार्ड व्यावसाहिक फुटबल चाँही बार्यन म्युनिखबाट खेल्दै आएका छन्। २०१४ मा ‘डी गार्डियन’ले उनलार्इ विश्वको उत्कृष्ट फुटबलरको सूचीमा पाचौं नम्बरमा राखेको थियो। २००७ देखि बार्यन म्युनिखका लागी खेल्दै आएका उनले १९२ गोल गरिसकेका छन्।

२०१४ मा विश्वकप विजेता रहेको जर्मनी समूहमा अंक विहिन रहेको छ। विश्वकपको दोस्रो चरणमा पुग्ने सम्भावना जिवितै राख्न जर्मनीले आजको खेल जसरी पनि जित्नु पर्ने हुन्छ। विश्व विजेता माथि आज सबैको नजर रहँदा थोमस मुलरसँग धेरैले दबाबका बिचपनि राम्रो प्रदर्शनको अपेक्षा राखेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell