PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

मनकामना दर्शनका लागि गएका दर्शनार्थीको होटलको स्विमिङ पुलमा डुबेर मृत्यु



पहिलोपोस्ट

मनकामना दर्शनका लागि गएका दर्शनार्थीको होटलको स्विमिङ पुलमा डुबेर मृत्यु

चितवन : चितवनको कुरिनटारस्थित सिद्धार्थ होटलको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु भएको छ। 

मनकामना दर्शनका लागि आएका काठमाडौँ जिल्लाको तारकेश्वर नगरपालिका–११ नेपालटारका २६ वर्षीय रामबहादुर बस्नेतको मृत्यु भएको चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा, आचार्यले जानकारी दिए । होटेलको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा उनको डुबेर मृत्यु भएको हो। 

गएराति करीब ९ बजे नुहाउने क्रममा पानीमा डुबेर बेहोस भएका उनको कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुरमा उपचारका क्रममा करीब ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। 

परिवारसहित मनकामना दर्शनका लागि आएका उनीहरु साँझ होटलमा बसेर पौडी खेल्न थालेका थिए। 

उनीहरुको आज बिहान मनकामना दर्शन गर्ने योजना रहेको परिवारलाई उद्धृत गर्दै आचार्यले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell