PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

तिब्र गतिको ट्रक दुर्घटना हुँदा ७ को मृत्यु २४ घाइते



रासस

तिब्र गतिको ट्रक दुर्घटना हुँदा ७ को मृत्यु २४ घाइते

नयाँ दिल्ली : पश्चिम भारतीय राज्य गुजरातमा भएको एक सडक दुर्घटनामा कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ।

यस दुर्घटनामा परी अन्य २४ जना घाइते भएका प्रहरी स्रोतले शनिबार जानकारी दिएको छ।
 
अम्रेली जिल्लाको भावननगर–सोमनाथ राजमार्गको एक पुलमा ३२ जना व्यक्ति बोकेको ट्रक दुर्घटना भएको थियो। 

सो दुर्घटनामा सात व्यक्तिको घटनास्थलमा मृत्यु भएको र यस घटनामा घाइते भएका २४ जनालाई नजिकैको अस्पतालमा लगिएको छ। घाइते मध्ये पाँचको अवस्था चिन्ताजनक भएको बताइएको छ। 

प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा तिव्र गतिमा चलाइएको सो ट्रकको चालकले नियन्त्रण गुमाएपछि पुलमा दुर्घटना भएको थियो। - सिन्ह्वा/रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell