PahiloPost

May 15, 2026 | १ जेठ २०८३

दक्षिण कोरियाका पूर्वप्रधानमन्त्रीको निधन



पहिलोपोस्ट

सोल : दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री तथा चर्चित गुप्तचर संस्थाका संस्थापक किम जोङ पिलको निधन भएको छ। 

राजधानी सोलमा शनिबार ९२ वर्षको उमेरमा उनको निधन भएको उनका सहयोगीहरुले जनाएका छन्।   

दक्षिण कोरियाको अनुदारवादी राजनीतिका शीर्ष र चर्चित नेताका रुपमा पिललाई लिने गरिन्छ। 

पूर्वराष्ट्रपति द्वय किम योङ साम र किम डाय जुङसँगै सन् १९८० र १९९० को दशकमा उनले मुलुकका लागि ठूलो योगदान गरेका थिए। त्यस समयलाई “तीन किम” को समयका रुपमा पनि लिइन्थ्यो।  

सैन्य तानाशाह चु डु ह्वानले शक्तिमा आएपछि सन् १९८० देखि १९८७ सम्म ती तीनै जनालाई राजनीतिबाट प्रतिबन्ध लगाएका थिए।

शनिबार देहत्याग गरेका किमले सन् १९६१ बाट राजनीतिक जीवन सुरु गरेका थिए।
 
उनी सन् १९७१ देखि ७५ सम्म र १९९८ देखि २००० सम्म गरी दुई पटक दक्षिण कोरियाको प्रधानमन्त्री बनेका थिए।  -रासस/एएफपी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell