काठमाडौं : २०५३ सालमा उनी इलाका प्रहरी कार्यालय लहानमा कार्यरत थिए। कर्मचारी र राजनीतिक दलका स्थानीय नेताबीच फुटबल खेल्ने तय भयो। त्यसका लागि तयार थिए पुष्कर कार्की। कार्की अहिलेका डिआइजी हुन्।
‘फुटबल खेल्ने’ भनेर कार्की परिवारका सदस्यबीच उनी हाँसोका पत्र बने। डिआइजी कार्कीले भने, 'तिमीले पनि फुटबल खेल्ने भनेर परिवारका सदस्यले नै जिस्काएका थिए।‘ तर, उनले प्रतियोगितामा राम्रै प्रदर्शन गरे।
त्यसयता, उनले सिरियस भएर फुटबल खेलेनन्। कहिले काहीँ रमाइलो र टाइमपासका लागि भने नखेलेका होइनन्। तगडा खेलाडी नभए पनि फुटबलका भने तगडै दर्शक हुन्। भन्छन्, 'मन पर्ने खेल नै फुटबल हो। इङ्लिस प्रिमियर लिगदेखि अरु ठूला प्रतियोगिता पनि भ्याएसम्म हेर्छु। फुटबल हेर्दा छुटै मज्जा हुन्छ।'
अहिले रसियामा भइरहेको विश्वकप उनी परिवारका सदस्यसँग बसेर हेरिरहेका छन्। उनको सपोर्ट गर्ने टिम यही हो भन्ने चाहिँ छैन। 'जर्मनी र ब्राजिल लगायत टिम राम्रो खेल्छन्। खेल उनीहरूकै पक्षमा हुन्छ,' डिआइजी कार्कीले भने।
'खाली समयमा टिभी हेर्दा स्पोर्ट नै हो हेर्ने त्यसपछि मात्र अन्य च्यानल हेर्छु,’ उनले भने।
सधैं स्पोर्टस् हेरेर बसेको देख्दा कहिले काहीँ श्रीमतीसँग सामान्य विवाद समेत हुने गरेको उनले स्वीकारे। 'उनको मनपर्ने सिरियल आएको समयमा केही सामान्य विवाद हुन्छ। सिरियल हेर्ने कि फुटबल भनेर,’ उनले कुरा खोले, ‘रुममा एउटा टेलिभिजन भएकाले कि मैले स्पोर्टस् छोड्नुपर्यो कि उनले सिरियल। यसले समस्या आउँछ।'
डिआइजी कार्कीका एक छोरा र एक छोरी छिन्। विश्वकपमा उनीहरू सँगै बसेर हेर्ने गरेका छन्। छोरा छोरीसँग पक्ष र विपक्ष भएर खेल हर्दा छुट्टै मजा हुने उनले बताए।
'आफूले सपोर्ट गरेको टिमले भन्दा छोराछोरीको टिमले जित्यो भने उनीहरू रमाउँदा हामीलाई खुशी लाग्दो रहेछ,' डिआइजी कार्कीले सुनाए।
‘फुटबल खेल्ने’ भनेर कार्की परिवारका सदस्यबीच उनी हाँसोका पत्र बने। डिआइजी कार्कीले भने, 'तिमीले पनि फुटबल खेल्ने भनेर परिवारका सदस्यले नै जिस्काएका थिए।‘ तर, उनले प्रतियोगितामा राम्रै प्रदर्शन गरे।
त्यसयता, उनले सिरियस भएर फुटबल खेलेनन्। कहिले काहीँ रमाइलो र टाइमपासका लागि भने नखेलेका होइनन्। तगडा खेलाडी नभए पनि फुटबलका भने तगडै दर्शक हुन्। भन्छन्, 'मन पर्ने खेल नै फुटबल हो। इङ्लिस प्रिमियर लिगदेखि अरु ठूला प्रतियोगिता पनि भ्याएसम्म हेर्छु। फुटबल हेर्दा छुटै मज्जा हुन्छ।'
अहिले रसियामा भइरहेको विश्वकप उनी परिवारका सदस्यसँग बसेर हेरिरहेका छन्। उनको सपोर्ट गर्ने टिम यही हो भन्ने चाहिँ छैन। 'जर्मनी र ब्राजिल लगायत टिम राम्रो खेल्छन्। खेल उनीहरूकै पक्षमा हुन्छ,' डिआइजी कार्कीले भने।
फुटबलले श्रीमतीसँग ठासठुस
अरु दिन पनि फुर्सद भएपछि डिआइजी कार्की घरमा टेलिभिजन सेट अगाडि परे भने रिमोर्टको सिग्नल स्पोर्टस् च्यानलमा नै पुग्छ। पहिलो रोजाइ नै उनको स्पोर्टस् च्यानल भएको उनी बताउँछन्।'खाली समयमा टिभी हेर्दा स्पोर्ट नै हो हेर्ने त्यसपछि मात्र अन्य च्यानल हेर्छु,’ उनले भने।