PahiloPost

May 15, 2026 | १ जेठ २०८३

सुन प्रकरणः व्यवसायी सञ्जय खेतान  छानविन समितिको नियन्त्रणमा



पहिलोपोस्ट

सुन प्रकरणः  व्यवसायी सञ्जय खेतान  छानविन समितिको नियन्त्रणमा

काठमाडौँः सुन तस्करी प्रकरणमा संलग्नता रहेको आशंकामा व्यवसायी सञ्जय खेतान पक्राउ परेका छन्।

सरकारले गठन गरेको छानविन समितिले खेतानलाई कमलपोखरी क्षेत्रबाट शनिवार पक्राउ गरेको हो।  उनीहरु हिरासत महानरीय प्रहरी बृत गौशालमा राखिएको छ। नियन्त्रणमा लिएका खेतानले आफुलाई खेतान बताए पनि उनी प्रविण अग्रवाल हुन्। 

तस्करीमा संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएकाले खेतानलाई नियन्त्रणमा लिइएको समितिका एक सदस्यले बताए। उनीमाथि सोधपुछको क्रम जारी छ। 

उनी वीरग‌ंजका व्यवसायी हुन्। उनी हुन्डीको कारोवारी समेत भएको अनुसन्धानबाट खुलेको प्रहरीले दावी गरेको छ। 

गत बिहिवार समितिले रेस्टुरेन्ट व्यवसायी अकबहर शाहलाई नियन्त्रणमा लिएको हो। ललितपुरको लबिम मलमा उनको रेस्टुरेन्ट छ।
यसअघि प्रहरीले तस्करी प्रकरणमा प्रतिवादी बनाइएका मुख्य लगानीकर्ता भनिएका मोहनकुमार अग्रवाल, मुख्य आरोपी चुडामणि उप्रेतीका भाइ रमेश उप्रेती, हरिशरण खड्का र बेनु श्रेष्ठविरुद्ध रेड कर्नर नोटिस जारी गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell