PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

बेल्जियमको रवाफिलो जित, हाजार्ड र लुकाकुको दुई-दुई गोल

बेल्जियमको रवाफिलो जित, हाजार्ड र लुकाकुको दुई-दुई गोल

पहिलोपोस्ट /पहिलोपोस्ट


कप्तान एडेन हाजार्ड र रोमेलु लुकाकुले समान २ गोल गरेपछि बेल्जियमले रसिया विश्वकप अन्तर्गत समूहको दोस्रो खेलमा ट्युनिसियालाई ५-२ ले पराजित गरेको छ। बेल्जियमको लागि अर्को गोल मिचु बात्सुईले गरे।

लुकाकुले पहिलो खेलमा पनि पानामा विरुद्ध दुई गोल गरेका थिए। विश्वकपको लगातार दुई खेलमा दुई-दुई गोल गर्ने लुकाकु सन् १९८६ मा म्याराडोनापछि पहिलो खेलाडी बनेका छन्।

पहिलो खेलमा पानामालाई पराजित गरेको बेल्जियम लगातार दुई जितपछि अन्तिम १६ पुग्ने लगभग पक्का भएको छ। दुईखेलपछि बेल्जियम ६ अंकका साथ समूह जी को शीर्ष स्थानमा छ।

मस्कोस्थित स्पार्टाक स्टेडियममा हाजार्डले छैटौँ मिनेटमै गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए। १६औँ मिनेटमा लुकाकुले पहिलो गोल गर्दै बेल्जियमको अग्रता दोब्बर पारे। त्यसको दुई मिनेटपछि नै ट्युनिसियाका ब्रोनले गोल गर्दै गोलअन्तर कम पारेका थिए।

तर लुकाकुले नै पहिलो हाफको इन्जुरी टाइममा व्यक्तिगत दोस्रो गोल गरेपछि बेल्जियले पहिलो हाफमै ३-१ को अग्रता बनायो।

दोस्रो हाफमा बेल्जियमले २ गोल थप्यो। ५१औँ मिनेटमा हाजार्डले व्यक्तिगत दोस्रो गोल गरे।

हाजार्ड र लुकाकु एकै खेलमा दुई-दुई गोल गर्ने सन् २०१४ को सेमिफाइनलपछि पहिलो जोडी बनेका छन्। ब्राजिलमा भएको २०१४ को विश्वकप सेमिफाइनलमा जर्मनीका टोनी क्रुस र आन्द्रे सुरलेले दुई-दुई गोल गरेका थिए।

यस्तै बेल्जियमका लागि मिच बात्सुईले ९०औँ मिनेटमा बेल्जियमको लागि पाँचौ गोल गरे। ट्युनिसियाका लागि इन्जुरी टाइममा कप्तान वाहवी खाजरीले गोल फर्काए।

ट्युनिसिया विरुद्ध दुई गोल गरेसँगै लुकाकुको गोलसंख्या रसिया विश्वकपमा ४ पुगेको छ। पोर्चुगलका क्रिस्टियानो रोनाल्डवले पनि २ खेलमा ४ गोल गरिसकेका छन्। गोल्डेन बुटको यि दुई खेलाडी अगाडी छन्। 

 



ट्रेन्डिङ पोस्ट

Ncell