PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

लगातार दोस्रो जितपछि मेक्सिको अन्तिम १६ नजिक,  हर्नान्डेजको ५०औँ गोल, दक्षिण कोरिया २-१ ले पराजित

लगातार दोस्रो जितपछि मेक्सिको अन्तिम १६ नजिक, हर्नान्डेजको ५०औँ गोल, दक्षिण कोरिया २-१ ले पराजित

पहिलोपोस्ट /पहिलोपोस्ट


मेक्सिकोले समूह चरणमा लगातार दोस्रो खेल जित्दै रसिया विश्वकपको दोस्रो चरण नजिक पुगेको छ। समूह एफ अन्तर्गत शनिवार भएको खेलमा मेक्सिकोले दक्षिण कोरियालाई २-१ ले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो।

पहिलो खेलमा विश्व विजेता जर्मनीलाई १-० ले स्तब्ध बनाएको मेक्सिकोले अब समूहको अन्तिम खेलमा स्वीडेनसँग खेल्नेछ।

रोस्तोभ अन डोनमा भएको खेलमा मेक्सिकोका लागि कार्लोस भेलाले २६औँ मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरे। पहिलो हाफमा एक गोलको अग्रता बनाएको मेक्सिकोका लागि ६६औँ मिनेटमा ज्याभिएर हर्नान्डेजले गोल गर्दै अग्रता दोब्बर पारे। उक्त गोलपछि हर्नान्डेज मेक्सिकोका लागि ५० अन्तर्राष्ट्रिय गोल गर्ने पहिलो खेलाडी बनेका छन्। दक्षिण कोरियाका लागि हेउन मिन सनले इन्जुरी टाइममा एक गोल पर्काएपनि त्यो हार टार्न पर्याप्त भए।

पहिलो खेलमा स्वीडेनसँग पराजित भएको दक्षिण कोरिया लगातार दोस्रो हारपछि समूह चरणबाटै घर पर्कने सम्भावना बढेको छ।

शनिवारै हुने अर्को खेलमा स्वीडेनले जर्मनीमाथि जित हात पारे मेक्सिको र स्वीडेन अन्तिम १६ मा पुग्नेछ भने जर्मनी र कवरिया बाहिरिनेछ।

समूह जी मा २ खेलबाट ६ अंक सहित मेक्सिको शीर्ष स्थानमा छ भने १ खेल खेलेको स्वीडेनको ३ अंक छ। जर्मनी र कोरिया अंकविहिन छन्।

 



ट्रेन्डिङ पोस्ट

Ncell