PahiloPost

May 15, 2026 | १ जेठ २०८३

चीन भ्रमणबाट प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै



पहिलोपोस्ट

चीन भ्रमणबाट प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै छन्। असार ५ गते चीन प्रस्थान गरेका ओली आज स्वदेश फर्कन लागेका हुन्। बिहान १० बजेर ३० मिनेटमा उनी विमानस्थल आइपुग्ने कार्यक्रम छ।

चीन भ्रमणमा क्रममा चीनसँग रेलमार्ग लगायतका विषयमा सम्झौता भएका छन्। यस्तै, दुबै देशका निजी क्षेत्रबीच पनि लगानी आदानप्रदानका सम्झौता भएका छन्। यस्तै भूकम्पपछि बन्द भएको तातोपानी नाका खोल्ने विषयमा पनि दुई देशबीच समझदारी भएको छ। 

भ्रमणका अवसरमा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति, प्रधानमन्त्री लगायतसँग भेट गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell