PahiloPost

May 15, 2026 | १ जेठ २०८३

प्रिभ्यू : इंग्ल्याण्डको नजर अन्तिम १६



पहिलोपोस्ट

प्रिभ्यू : इंग्ल्याण्डको नजर अन्तिम १६
थ्री लयान्स टिम, गेट्टी इमेज/फिफा

रसिया विश्वकप अन्तर्गत समूह जी मा रहेका इंग्ल्याण्ड र पानामा आज साँझ ५:४५ बजे निज्नी नोभगोरोड स्टेडियममा भिड्दैछन्।

पहिलो खेलमा कप्तान ह्यारी केनको अन्तिम समयमको गोलमार्फत ट्युनसियामाथि २-१ को जित हात पारेको इंग्ल्याण्ड लगातार दुई खेल्दै अन्तिम १६ मा स्थान बनाउने दाउमा छ। समूहको अर्को युरोपेली टोली बेल्जियमले लगातार दुई खेल जितिसकेकाले इंग्ल्याण्डले पनि जित हात पारे यी दुई एकआपसमा भिड्नुअघि नै दोस्रो चरणमा पुग्नेछन्।

इंगल्याण्डले पहिलो खेलमा जित हात पार्दा कप्तान ह्यारी केनले दुबै गोल गरेका थिए। पानामाविरुद्धको खेलमा पनि उनको प्रदर्शन महत्वपूर्ण हुनेछ। उता डेब्युटान्ट पानामा भने पहिलो खेलमा बेल्जियमसँग ३-० ले पराजित भएको थियो। विश्वकपमा डेब्यु गर्ने टोली मध्ये सन् २००६ मा युक्रेनले स्पेनसँग ४-० ले हारेयता यो ठूलो अन्तरको हार हो।

अघिल्लो खेल दौरान घाइते भएका मिडफिल्डर डेली अली पानामाविरुद्ध नखेल्ने व्यवस्थापक ग्यारेथ साउथगेटले जनाएका छन्। उनको स्थानमा रुवेन लेफ्टस चिकले खेल्ने सम्भावना छ।

उता डारियो गोमेजले पानामाले अघिल्लो खेलमा खेलेको टोली नै इंग्ल्याण्ड विरुद्ध खेलाउने बताएका छन्।

इंग्ल्याण्ड र पानामा पहिलोपटक एकआपसमा भिड्न लागेका हुन्। इंग्ल्याण्ड विश्वकपमा खेल्न लागेको पानामा ३८औँ देश हो। यसअघि ३७ वटा देशसँग पहिलो खेल खेल्ने क्रममा इंग्ल्याण्डले अमेरिका, स्पेन, उरुग्वे, हंगेरी र इटलीसँग हार बेहोरेको थियो।

इंग्ल्याण्डले सन् १९८२ र २००६ को विश्वकपमा मात्र समूहको सुरुका दुई खेल जितेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell