PahiloPost

May 15, 2026 | १ जेठ २०८३

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु



पहिलोपोस्ट

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इटहरीः सुनसरी जिल्लाको सदरमुकाम इनरुवास्थित पूर्व पश्चिम महेन्द्र राजमार्गको सडकखण्डमा शनिबार राति भएको दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ।

अर्का एक जना घाइते भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ। प्रहरी कार्यालय इटहरीका ट्राफिक प्रहरी सहायक निरीक्षक टङ्क न्यौपानेका अनुसार सदरमुकाम इनरुवामा मे १ ज १९८६ नम्बरको सवारीसाधनले को २३ प ४०९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सोही मोटरसाइकलका चालक इनरुवाका ३५ वर्षीय योगेन्द्र उरावको मृत्यु भएको हो।

यसैगरी अहिले बिहान सुनसरीको सदरमुकाम इनरुवाबाट पूर्वतिर आउँदै गरेको को १ च ८२८३ नम्बरको पिकअप सवारीसाधनलाई सोही दिशाबाट पछाडि आउँदै गरेको ना २ च ५९३ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा एम्बुलेन्समा यात्रारत धनकुटा निवासी ६० वर्षीय गोविन्द थापा घाइते भएका छन्। घाइते थापाका जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको बताइएको छ।

ठक्कर दिने दुवै सवारीसाधनलाई आवश्यक सोधपुछ एवं अनुसन्धान गरी कारबाही अघि बढाउन जिल्ला प्रहरी कार्यालय इनरुवाले नियन्त्रणमा लिएका ट्राफिक प्रहरी कार्यालय इटहरीले बताएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell