PahiloPost

May 15, 2026 | १ जेठ २०८३

‘प्रधानमन्त्री स्वदेश फर्कँदा आधा घन्टा विमानस्थल बन्द’



पहिलोपोस्ट

‘प्रधानमन्त्री स्वदेश फर्कँदा आधा घन्टा विमानस्थल बन्द’

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कने क्रममा आधा घन्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने भएको छ। चीन भ्रमण सकेर प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदैछन्। बिहान १० बजेपछि प्रधानमन्त्री विमानस्थल आइपुग्ने कार्यक्रम छ।

प्रधानमन्त्रीको आमगनलाई लिएर बिहान ९ बजेर ४५ मिनेटदेखि १० बजेर १५ मिनेटसम्म विमानस्थल बन्द हुने प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए।   

अन्तर्राट्रिय र आन्तरिकतर्फ दुबैका उडान र अवतरण हुने छैनन्। 

प्रधानमन्त्री ओली असार ५ गते हिमालय एयरलाइन्सबाट चीन प्रस्थान गरेका थिए। सोही चार्टर फ्लाइटबाट ओली आज स्वदेश फर्कन लागेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell