PahiloPost

Jun 15, 2026 | १ असार २०८३

चट्याङ लागेर सप्तरीमा एक जनाको मृत्यु



पहिलोपोस्ट

चट्याङ लागेर सप्तरीमा एक जनाको मृत्यु

राजविराजः सप्तरीको विष्णुपुर गाउँपालिका– ६ स्थित खेतमा चट्याङ लागेर शनिबार साँझ एक जना महिलाको मृत्यु भएको छ।

मृत्यु हुने स्थानीय शैलेन्द्रकुमार यादवका ५० वर्षीया श्रीमती केशरीदेवी यादव रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए। घरदेखि टाढा खेतमा मुगको दाल टिप्न गएको बेला यादवलाई चट्याङ लागेको थियो।

यस्तै केशरीसँगै खेतमा मुगको दाल टिप्न गएकी अर्की २५ बर्षीया रिन्कु यादव चट्याङ लागेर घाइते भएकी छिन्। उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारको लागि भर्ना गरिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell