PahiloPost

May 15, 2026 | १ जेठ २०८३

प्रधानमन्त्री ओली स्वदेश फर्किए



पहिलोपोस्ट

प्रधानमन्त्री ओली स्वदेश फर्किए

काठमाडौँः चीन भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन्। ओली आइतबार बिहान करीब १०ः३० बजे स्वदेश फर्किएका हुन्। ओली स्वदेश फर्कँदा अन्तर्राष्ट्रिय विमानस्थलमा सम्पूर्ण उडान र अवतरण आधा घन्टाका लागि बन्द गरिएका थिए। 

विमानस्थलमा प्रधानमन्त्री ओलीलाई उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलसहितका मन्त्रीहरुले स्वागत गरेका थिए। यस्तै विमानस्थलमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल सहितका नेताहरु पुगेका थिए।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना पनि प्रधानमन्त्रीको स्वागतका लागि विमानस्थल पुगेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell